विराटनगर । विराटनगर महानगरपालिकाले खुला स्थानमा माछामासु बिक्री वितरणमा रोक लगाउने भएको छ । खुला स्थानमा माछामासु बेचबिखन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै महानगरले वैशाख १५ देखि खुला स्थानमा माछामासु बिक्रीमा रोक लगाउने निर्णय गरेको हो । हाट बजारमा समेत माछामासु बिक्री वितरण हुँदै आएकाले त्यसलाई व्यवस्थित गर्ने तयारी भएको महानगरले जनाएको छ…