राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सदस्यमा मनोज गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन्। गृहमन्त्री सुदन गुरुङ का निकट मानिने गुरुङको चयनलाई पार्टीभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ। पार्टी संगठन विस्तार तथा प्रदेश संरचनालाई थप सुदृढ बनाउने क्रममा गुरुङलाई प्रदेश सदस्यको जिम्मेवारी दिइएको हो। पार्टीका नेता–कार्यकर्ताहरूले उनको अनुभव, सक्रियता र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै सर्वसम्मत…