२०८३, १ असार सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा गण्डकी प्रदेश सदस्यमा मनोज गुरुङ सर्वसम्मत चयन



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सदस्यमा मनोज गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन्। गृहमन्त्री सुदन गुरुङ का निकट मानिने गुरुङको चयनलाई पार्टीभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

पार्टी संगठन विस्तार तथा प्रदेश संरचनालाई थप सुदृढ बनाउने क्रममा गुरुङलाई प्रदेश सदस्यको जिम्मेवारी दिइएको हो। पार्टीका नेता–कार्यकर्ताहरूले उनको अनुभव, सक्रियता र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै सर्वसम्मत रूपमा चयन गरेको बताएका छन्।

रास्वपाको गण्डकी प्रदेश संगठनलाई थप प्रभावकारी बनाउने, पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने तथा संगठन विस्तारमा गुरुङको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

पार्टीभित्र उनको चयनले एकता, सहकार्य र संगठन सुदृढीकरणको सन्देश दिएको भन्दै नेता–कार्यकर्ताहरूले स्वागत गरेका छन्। मनोज गुरुङले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै पार्टीलाई अझ मजबुत बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३, १ असार सोमबार ००:००  ८ : २१ बजे