दशैँ पर्वको अवसर पारेर गायक तथा सर्जक प्रविन बयलकोटीको नयाँ लोक–भावनात्मक दशैँ गीत ‘जहिले पिरै पिर’ सार्वजनिक गरिएको छ। गीतमा बालकुमारी बयलकोटी, अमिर बयलकोटी र अनिता सुन्दासको स्वर रहेको छ।
गीतको शब्द प्रविन बयलकोटी र रविना बुढाथोकीले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने संगीत, लय, सम्पादन तथा निर्देशन प्रविन बयलकोटीकै रहेको छ। गीतको रेकर्डिङ हुरी स्टुडियोमा गरिएको हो।
म्युजिक भिडियोको छायांकन सरोज नगरकोटीले गरेका हुन् भने सुटिङ धाराचौर क्षेत्रमा सम्पन्न गरिएको छ। भिडियोको शृङ्गार अन्जिता बयलकोटीले गरेकी छन् भने पोस्ट–प्रोडक्सन पब्लिक रिलेसन नेपालले गरेको छ।
भिडियोमा उमा श्रेष्ठ, सन्तोष बयलकोटी र अमिर बयलकोटी मुख्य भूमिकामा देखिएका छन्। साथै सञ्जोक बस्नेत, राम अछामी, गोमा बिसुन्के, रिता बयलकोटी, अञ्जिता बयलकोटी, सुशीला दाहाल, सरोज नगरकोटी, रविना बुढाथोकी, आर्यन बयलकोटी, अर्पण बयलकोटी, राशिका तोलाङ्गी, राकेश तोलाङ्गी तथा संयोग बयलकोटीको समेत अभिनय रहेको छ।
दशैँको परिवेश, पारिवारिक सम्बन्ध, गाउँघरको जीवनशैली तथा भावनात्मक यथार्थलाई समेटेर तयार गरिएको ‘जहिले पिरै पिर’ ले दर्शक तथा श्रोतामाझ छुट्टै अनुभूति दिलाउने विश्वास निर्माण पक्षले गरेको छ। गीतको भिडियोमा नेपाली समाजको मौलिकता, संस्कार र आत्मीय सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
उक्त गीत ‘प्रविन बयलकोटी’ युट्युब च्यानलमार्फत https://youtu.be/sLGSlHUZI-4 सार्वजनिक गरिएको हो।











