२०८३, ७ मंसिर आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । भारतको दुई दिने राजकीय भ्रमणको सिलसिलामा उनी आइतबार (मंसिर ६ गते) नयाँ दिल्ली आइपुगेका हुन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेनलाई भारतका बाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री बालेन आइतबार दिउँसो काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री बालेनसँग आइतबार नै भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । सोमबार प्रधानमन्त्री बालेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन अन वन’ भेटवार्ता हुनेछ । त्यसपछि नेपाल र भारतबीच प्रतिनिधिमण्डल स्तरीय बैठक हुनेछ ।

प्रतिनिधिमण्डल स्तरीय बैठकपछि केही समझादरीपत्र र सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री ‘प्रेस ब्रिफिङ’मा सहभागी हुनेछन् ।

प्रधानमन्त्री बालेनले सोमबार नै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री बालेन सोमबार साँझ नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८३, ७ मंसिर आइतबार ००:००  ४ : १७ बजे