२०८३, २७ आश्विन मंगलबार | Tue Oct 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सहमहामन्त्रीमा बहादुर सिंह लामा जित नजिक



नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति क्लस्टरतर्फ सहमहामन्त्री पदको मतगणनामा बहादुर सिंह लामा (तामाङ) स्पष्ट अग्रतासहित जित नजिक पुगेका छन्।

हालसम्म ४,८७९ मत गणना हुँदा बहादुर सिंह लामा (तामाङ) ले २,२८५ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीभन्दा १,२४६ मतको अग्रता कायम गरेका छन्।

मत परिणामअनुसार ओमबहादुर घर्ती मगरले १,०३९ मत, तारामान गुरुङले ५५९ मत, दिलमान पाख्रीनले ४२२ मत तथा प्रशान्तमान सिंह मास्केले १६८ मत प्राप्त गरेका छन्।

हालसम्मको मतपरिणामले बहादुर सिंह लामा बलियो अग्रतामा रहेकाले उनी सहमहामन्त्री पदमा विजयी हुने सम्भावना उच्च देखिएको छ। यद्यपि, निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि मात्रै औपचारिक विजेता घोषणा हुनेछ।

प्रकाशित मिति : २०८३, २७ आश्विन मंगलबार ००:००  ४ : ४४ बजे