सिंहदरबार–मैतीदेवी–चावहिल १३२ केभी भूमिगत विद्युत् प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका वडा नं. ७ को वडा कार्यालय भवनस्थित सभाहल, मित्रपार्कमा आयोजित कार्यक्रममा वडा अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आयोजनाका प्रमुख, विभिन्न वडाका जनप्रतिनिधि, वडा सदस्य तथा वडा नं. ७ का…