ताप्लेजुङको मैवाखोला गाउँपालिका अन्तर्गत पर्ने साँघु स्वास्थ्य चौकीका दुई वटा नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको आर्थिक स्रोतबाट निर्माण गरिएका भवनहरूको शुक्रबार औपचारिक उद्घाटन तथा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम का अनुसार कुल एक करोड १७ लाख ७७ हजार १८७ रुपियाँको लागतमा एउटा ११ कोठे र अर्को पाँच…