काठमाडौं महानगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा विपद् व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ।
वडा स्तरीय पदाधिकारी, टोल विकास समितिका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागितामा आयोजित तालिममा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा विपद्का बेला समुदायको भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विमल कुमार होडाले विपद् व्यवस्थापनमा स्थानीय तह, जनप्रतिनिधि तथा समुदायबीचको समन्वय र सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्न र समुदायलाई सचेत तथा सक्षम बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा सहभागीहरूले विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
वडा कार्यालयका अनुसार स्थानीय स्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।












