काठमाडौँ महानगरपालिका वडा नं. ७ का विभिन्न टोल तथा मार्गहरूमा भइरहेको सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्यको वडा अध्यक्ष विमल कुमार होडा, वडा सदस्य रुपा थापा तथा स्थानीयवासीहरूको सहभागितामा अनुगमन गरिएको छ। अनुगमनका क्रममा विभिन्न स्थानमा ब्लक तथा ढुङ्गा बिछ्याउने, सडक मर्मत तथा रङरोगनलगायतका कार्यहरूको स्थलगत निरीक्षण गरिएको थियो। वडा कार्यालयले नागरिकको दैनिक आवतजावतलाई सहज, सुरक्षित…