काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव आयोजना हुने भएको छ। चैत ४ गते पिपलडाँडा टुसालचौरमा हुने महोत्सवमा घोडाको मार्चपास, जम्पलगायत विभिन्न आकर्षक खेल प्रस्तुत गरिनेछ। नगरप्रमुख कृष्णहरि महर्जनका अनुसार धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। देशका ७५३ स्थानीय तहमध्ये यस्तो महोत्सव गर्ने तारकेश्वर पहिलो बनेको छ। टुँडिखेलमा…