काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव आयोजना हुने भएको छ। चैत ४ गते पिपलडाँडा टुसालचौरमा हुने महोत्सवमा घोडाको मार्चपास, जम्पलगायत विभिन्न आकर्षक खेल प्रस्तुत गरिनेछ।
नगरप्रमुख कृष्णहरि महर्जनका अनुसार धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। देशका ७५३ स्थानीय तहमध्ये यस्तो महोत्सव गर्ने तारकेश्वर पहिलो बनेको छ।
टुँडिखेलमा हुने घोडेजात्रा हेर्न नसक्नेहरूका लागि यो महोत्सव विशेष अवसर हुने विश्वास गरिएको छ।











