२०८३, १६ कार्तिक आइतबार | Sun Nov 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वरमा पहिलोपटक घोडेजात्रा महोत्सव, इतिहास र संस्कृतिको उत्सव



काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव आयोजना हुने भएको छ। चैत ४ गते पिपलडाँडा टुसालचौरमा हुने महोत्सवमा घोडाको मार्चपास, जम्पलगायत विभिन्न आकर्षक खेल प्रस्तुत गरिनेछ।

नगरप्रमुख कृष्णहरि महर्जनका अनुसार धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। देशका ७५३ स्थानीय तहमध्ये यस्तो महोत्सव गर्ने तारकेश्वर पहिलो बनेको छ।

टुँडिखेलमा हुने घोडेजात्रा हेर्न नसक्नेहरूका लागि यो महोत्सव विशेष अवसर हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बुधबार ००:००  १२ : २१ बजे