२०८२, ५ माघ आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिणमा छैठौं अध्यक्षकप रनिङ शिल्ड माघ १ देखि



सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी माघ १ गतेदेखि सुरु हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” र “मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान” भन्ने नारासहित युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

१० लाख रुपैयाँ बजेटमा सञ्चालन हुने प्रतियोगिता मरिण गाउँपालिका–७ स्थित बाह्रविसे खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा महिला तथा पुरुष फुटबल, भलिबल, पुरुष क्रिकेट र ब्याडमिन्टन समावेश छन्। गाउँपालिकाका सातै वडाका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

फुटबलतर्फ विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। भलिबल, क्रिकेट र ब्याडमिन्टनतर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार ००:००  २ : १४ बजे