२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यसम्पादन मूल्याङ्कनमा सुनकोशी गाउँपालिका पहिलो



ओखलढुंगा जिल्लामा रहेका आठ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सुनकोशीले ६४.६९ अंक प्राप्त गर्दै जिल्लामा अग्रस्थान हासिल गरेको हो।

आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा मोलुङ (६०.९९), खिजीदेम्बा (६०.८४), लिखु (६०.७७) र सिद्धिचरण नगरपालिका (५७.०३) ले क्रमशः अंक प्राप्त गरेका छन्। चिशंखुगढीले ५५.६४ र चम्पादेवीले ४७.७३ अंक पाएका छन् भने मानेभञ्ज्याङ गाउँपालिकाले सबैभन्दा कम ४७.५४ अंक ल्याएको छ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ अनुसार आयोगले आर्थिक वर्ष २०८३/०८४ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि उक्त मूल्याङ्कन गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १ फाल्गुन शुक्रबार ००:००  ८ : २८ बजे