स्याङ्जाको बिरुवा गाउँपालिकाले आव २०८२ - ०८३ का लागि प्रदान गरिरहेका सेवा, सुविधा र प्रभावकारिता सम्बन्धी प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर, उपाध्यक्ष भगवती शर्मा, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, वडा अध्यक्षहरू तथा स्थानीयवासीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उठाएका गुनासा र प्रश्नहरूमा जनप्रतिनिधिहरूले…