२०८२, २३ मंसिर सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठमा बालिकाका लागि निःशुल्क बास्केटबल प्रशिक्षण सुरु



बुढानीलकण्ठ नगरपालिकामा ८ देखि १४ वर्ष उमेरकालाई लक्षित गरी निःशुल्क बास्केटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गोल्फुटारस्थित सेमी–इण्डोर बास्केटबल कोर्ट, वडा नं ८ मा सञ्चालन हुने उक्त प्रशिक्षण हिजो शनिबारदेखि औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

नेपाल राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुपा मल्ल मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण संचालन गरिरहेकी छिन्। आत्मविश्वास, सीप विकास र नेतृत्व क्षमतामा वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यस प्रशिक्षणले बालिकाहरूलाई खेलमार्फत व्यक्तित्व विकास गर्न सहयोग पुग्ने वडा नं ८ का वडा अध्यक्ष सुमन तामाङले अनलाइन सरोकारलाई बताउनु भयो ।

अध्यक्ष तामाङका अनुसार कार्यक्रम एक महिने तालिमका रूपमा अघि बढाइनेछ। नगरपालिकाको समन्वय र वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको यो प्रशिक्षणमा नगरपालिकाका बाहिरका खेलाडीले समेत सहभागी हुने अवसर पाएका छन्।

“८–१४ वर्षका बालिकालाई खेलप्रति आकर्षित गर्नु र बास्केटबल क्षेत्रमै भविष्य निर्माण गर्न प्रेरित गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष तामाङको भनाइ छ ।
इच्छुक बालिकाहरूलाई दर्ता गरी सहभागी हुन नगरपालिकाले आग्रह गरेको छ। निःशुल्क रुपमा उपलब्ध गराइएको यो अवसर समग्र खेल विकासका लागि महत्वपूर्ण हुने अपेक्षा लिइएको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर आइतबार ००:००  १० : ३० बजे