अष्ट्रेलिया, विन्डम सिटी — Werribee Business and Tourism Association (WBTA) द्वारा आयोजित Werribee Asia-Pacific Expo 2025 तथा Made in Nepal Promotion Event अत्यन्तै भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। “Innovation, Culture & Connection in Asia-Pacific” भन्ने विषयवस्तुमा आधारित यस कार्यक्रमले नवप्रवर्तन, सांस्कृतिक आदान–प्रदान र क्षेत्रीय सहकार्यलाई केन्द्रमा राखेर एसिया–प्रशान्त क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई एकै स्थानमा जोडेको थियो।
कार्यक्रममा माननीय सांसद Kathleen Mathews-Ward को विशेष उपस्थितिले कार्यक्रममा अझ गरिमा थपिएको थियो। कार्यक्रम सञ्चालन तथा संयोजनमा सहयोग गर्ने सम्पूर्ण अभियन्ताहरू प्रति आयोजकले विशेष आभार व्यक्त गरेक थिए ।
अत्यन्तै प्रभावशाली उपस्थितिको बीचमा कार्यक्रमले सार्वजनिक सेवा, नेतृत्व, शिक्षा, समुदाय विकास तथा अन्तरदेशीय सहकार्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने समारोह पनि समावेश गरेको थियो। सोही क्रममा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीलाई विशेष रुपमा समुदाय विकास तथा स्थानीय शासन सुदृढीकरणमा पुर्याएको योगदान का लागि सम्मानित गरिएको हो।
अध्यक्ष गण्डकी थापा अधिकारीको सक्रिय नेतृत्व, ग्रामीण विकासप्रति समर्पण, महिला सशक्तीकरणमा अग्रसरता तथा अन्तर्राष्ट्रिय तहमा स्थानीय सरकारले प्रस्तुत गर्नुपर्ने दृष्टिकोणलाई विश्व समुदायमा उजागर गरेको भन्दै आयोजकले प्रशंसा व्यक्त गरेका थिए ।
उनलाई प्रदान गरिएको यो सम्मानले नेपालका स्थानीय तहहरू अन्तर्राष्ट्रिय मञ्चमा कत्तिको प्रभावकारी रूपमा पहिचान बनाउँदै छन् भन्ने संदेश पनि दिएको छ।
कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी, शिक्षाविद्, नवप्रवर्तनकर्ता तथा बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो। विविध सांस्कृतिक प्रस्तुति, B2B नेटवर्किङ, बहुसांस्कृतिक अन्तरक्रिया तथा Made in Nepal प्रोत्साहनमार्फत कार्यक्रमले नेपाल—अष्ट्रेलिया बीच आर्थिक, सांस्कृतिक र प्रविधिक सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्य राखेको थियो।












