२०८२, २५ मंसिर बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैवाखोलामा शिक्षकको पेशागत विकासका लागि ३ दिने तालिम सम्पन्न



ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि अघि सारेको निरन्तर अभियानअन्तर्गत तीन दिने शिक्षक तालिम सम्पन्न भएको छ । गाउँपालिका र नेपालका तीन प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनसँग भएको सहकार्य सम्झौताअनुसार तालिम सञ्चालन गरिएको हो।

तालिममा गाउँपालिकाभित्रका सबै शिक्षकलाई तहगत र विषयगत समूहमा विभाजन गरी एकैपटक क्षमता अभिवृद्धि गरिने जनाइएको छ। पाठ्यक्रममै आधारित विषयगत पेशागत विकासमा केन्द्रित तालिमको सहजीकरण काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका एसोसिएट डिन तथा एसोसिएट प्रोफेसर डा। शिषकान्त पंगेनी, ईपीएस कोअर्डिनेटर तथा लेक्चरर सन्दिप ढुङ्गाना, फेकल्टी टिचर तथा एजुकेटर इन्द्रमणी दाहाल, राजेन्द्र दाहाल, ढुन्डिराज गिरि, मनिसा हाडा र मीरा शर्माले गरिरहेका छन्।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले फेसबुकमा एक स्टाटस लेख्दै भन्नेका छन् ः यो तालिमले विद्यालय तहका शिक्षकको क्षमता वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ। “अब कुनै पनि शिक्षकले ‘हामीले तालिम पाएका छैनौँ’ भनी गुनासो गर्ने अवस्था रहँदैन। चुनौती भनेका तालिमपछि त्यसलाई इमान्दारीका साथ कार्यान्वयन गर्नु हो,”
शिक्षामा रूपान्तरण ल्याउने अभियान राजनीतिक प्रतिवद्धता, संवैधानिक दायित्व, गाउँपालिकाको आवधिक विकास योजना, १० वर्षे रणनीतिक योजना, शिक्षा सुधारका प्रतिबद्धता तथा आम नागरिक र विद्यार्थीका सुझावमा आधारित रहेको अध्यक्ष वनेमले बताए ।
उनका अनुसार “शिक्षा बिना समाज परिवर्तन सम्भव छैन। आजको लगानीले तुरुन्त परिणाम नदिए पनि दिगो परिवर्तनका लागि निरन्तरता जरुरी छ,”। परिवर्तनका प्रयासलाई सबैले सहयोग गर्न अध्यक्ष वनेमले आग्रह गरे ।
शिक्षामा रूपान्तरण सम्भव रहेको र त्यसका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै अध्यक्षले धन्यवाद व्यक्त गरेका छन् ।

मंसिर ५ गतेबाट सुरु भएको उक्त तालिम तीन दिन सम्म संचालन भएको थियो ।

प्रकाशित मिति : २०८२, १० मंसिर मंगलबार ००:००  ११ : ४७ बजे