२०८२, २५ मंसिर बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका २६ जना शिक्षकहरू तालिममा सहभागी हुन बैङ्कक प्रस्थान



नेपालका विभिन्न विद्यालयहरुका २६ जना शिक्षकहरूको टोलि थाईल्याण्डको Dhammakaya Foundation द्वारा २७ नोवेम्बर देखि १९ डिसेम्बर २०२५ सम्म आयोजना गरिएको Universal Goodness 5 (UG5) सम्बन्धि तालिममा भाग लिन आज बैङ्कक तर्फ प्रस्थान गरयो ।

सो तालिममा काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न विद्यालयबाट ११ जना, रसुवाको कालिका गाउँपालिकाका विभिन्न विद्यालयबाट ५ जना र सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका विभिन्न विद्यालयबाट १० जना गरि २६ जना शिक्षकहरूले सो तालिम कार्यक्रममा भागलिने छन् ।

नेपालका स्थानीय निकायहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धन सम्बन्धि सेवा प्रदान गर्ने परामर्शदाता संस्था Miami Consulting Services को समन्वयमा आयोजना गरिएको सो तालिम कार्यक्रमको बैङ्ककमा हुने सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने छ ।

तालिममा भाग लिन जाने शिक्षकहरूलाई त्रिभुवन बिमानस्थलमा प्रतिनिधिसभाका निवर्तमान संघीय सदस्य श्री राजन दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्श मुक्तान, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्री दिपा बोहरा, Miami Consulting Services का कार्यकारी निर्देशक राकेश महर्जन र ECD विज्ञ श्री सबिता खनालले बिदाई गर्नुभयो ।

यस अघि धादिङको खनियाबास गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका विद्यालयहरूका शिक्षकहरूले पनि यस तालिममा भाग लिइसकेका छन ।

यस तालिमले शिक्षकहरूको र विद्यालयहरूको क्षमता बिकासमा योगदान पुग्न जाने बिश्वास लिईएको छ ।

प्रकाशित मिति : २०८२, १२ मंसिर बिहीबार ००:००  ११ : ०५ बजे