२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरुवा गाउँपालिका–१ र ८ लाई जोड्ने राक्सेघाट पुल निर्माण कार्य सम्पन्न



स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–१ र ८ लाई जोड्ने बास्तारा खोला राक्सेघाट पुल निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि साना तथा ठूला सवारीसाधन सहज रूपमा सञ्चालन भएको छ। निर्धारित समयसीमाभन्दा करिब पाँच महिना अगावै पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गरेकोमा गाउँपालिकाले निर्माण कम्पनी हिम निर्माण सेवा कम्पनी, काठमाडौं प्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

यस परियोजनामा बजेट विनियोजन गरी सहयोग प्रदान गर्ने गण्डकी प्रदेश सरकार तथा निर्माण कार्यको निरन्तर अनुगमन र सहजीकरण गर्ने पूर्वाधार विकास कार्यालय, स्याङ्जा प्रति समेत गाउँपालिकाले आभार प्रकट गरेको छ।

पुल निर्माणका क्रममा आवश्यक सहयोग पुर्‍याउने जग्गादाता तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व र शुभेच्छुकहरूलाई सम्मानपूर्वक धन्यवाद व्यक्त गर्दै गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुवँरले यो पुलले स्थानीय आवागमन, व्यापार, कृषि उत्पादन ढुवानी तथा समग्र आर्थिक गतिविधिलाई थप सुगम बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, ११ मंसिर बुधबार ००:००  ४ : १९ बजे