२०८३, १७ बैशाख बिहिबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिणको पञ्चकन्या पोखरीसम्म सवारीसाधन पुग्ने मार्ग खुल्यो



मरिण गाउँपालिकाले हिलेखोलाबाट सिधै मरिण खोलासम्म होम पाइपमार्फत नयाँ सडक निर्माण गरेपछि पञ्चकन्या पोखरी जाने यात्रुका लागि वर्षौँदेखि कायम रहेको कठिनाइ अन्त्य भएको छ। अबदेखि पानीमा डुबेर हिँड्नुपर्ने बाध्यता हटेको छ र दैनिक आवतजावत सहज बनेको छ।

गाउँपालिकाले निर्माण गरेको यो नयाँ मार्ग खुल्ला भएपछि मोटरसाइकल, स्कुटर, अटो, बस, ट्याक्सी, कार तथा ईभीजस्ता सबै प्रकारका सवारीसाधन पञ्चकन्या पोखरीसम्म सिधै पुग्न सक्ने भएका छन्। यसले स्थानीय बासिन्दा मात्र होइन, पर्यटकहरूलाई पनि सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।

मरिण गाउँपालिकाले पोखरीसम्म सवारीसाधन सञ्चालन हुन थालेसँगै स्थानीय पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकन्या पोखरीमा अब पर्यटक संख्या थप बढ्ने र त्यसले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार ००:००  १० : ५२ बजे