२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठले सामाजिक सुरक्षा दिवस भव्य रूपमा मनायो



बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा २०८२ साल भाद्र ११ गते “सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पन्सेनयोग्य समाज र उत्पादकत्व अभिवृद्धि सहित नागरिकको रक्षा” थीमको आधारमा आठौँ सामाजिक सुरक्षा दिवसको कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा , नगर प्रवक्ता एवं वडा न.१० अध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरू तथा सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका बक्तिहरूले सामाजिक सुरक्षाको महत्व, सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पन्सेनयोग्य समाजको निर्माण र उत्पादकत्व अभिवृद्धिमा सामाजिक सुरक्षाको भूमिका जस्ता विषयहरूमा प्रकाश पार्दै समुदायमा जागरूकता बढाउने आवश्यकतालाई जोड दिए।

यस अवसरमा नगरपालिकाले स्थानीय स्तरमा सामाजिक सुरक्षा योजनाहरू कार्यान्वयन गर्ने र सबै नागरिकहरूलाई यसको दायरामा ल्याउने प्रतिवद्धता पनि दोहोर्याएको छ।

प्रकाशित मिति : २०८२, १२ मंसिर बिहीबार ००:००  १२ : ४० बजे