२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ – ७ मा प्रथम वडा अध्यक्ष कप खुल्ला कराते प्रतियोगिता २०८२ सुरु



“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित काठमाडौँ महानगरपालिका वडा नं. ७ को सहयोग तथा मित्रपार्क नाय खिं बाजं खलःको समन्वयमा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला कराते प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ।

नेपाल गोजु काई कराते–डो संघको आयोजनामा सुरु भएको प्रतियोगिता माघ १६ गतेदेखि प्रारम्भ भई माघ १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता चाबहिल–चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड स्कुलको प्राङ्गणमा भइरहेको छ।

प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष विमल कुमार होडाले खेलकुद कार्यक्रम आयोजना गर्नु मात्र ठूलो कुरा नभई यस्ता प्रतियोगितालाई निरन्तरता दिनु नै महत्वपूर्ण भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि वडा स्तरमा यस्ता खेलकुद प्रतियोगिताहरूलाई निरन्तर सहयोग र प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौँ महानगरपालिका वडा नं. ७ का पूर्व वडा अध्यक्षको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा वर्तमान वडा अध्यक्ष विमल कुमार होडा सहभागी हुनुहुन्थ्यो। साथै विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तित्वहरू, शिक्षक, विद्यार्थी, खेलाडी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा मनास्लु वर्ल्ड स्कुलका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने नेवार समुदायको कला र संस्कृतिलाई झल्काउने बाजागाजा र झाँकीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विभिन्न विद्यालयबाट सहभागी खेलाडीहरूले कराते प्रतिस्पर्धामा आफ्नो कौशल प्रस्तुत गरिरहेका छन्। प्रतियोगिताको समापन भोलि सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२, १७ माघ शुक्रबार ००:००  ३ : ४५ बजे