२०८३, १४ जेष्ठ बिहिबार | Thu May 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाबहिल क्षेत्रको इतिहास, संस्कृति र पूर्वाधारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं महानगरपालिका वडा नं. ७ मा “Chabahil Chronicles: Comparative Analysis of Urban Infrastructure and Socio-Cultural Dynamics from Ancient to Contemporary Perspectives” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम टिसिपिसी नेपाल (TCPC Nepal) द्वारा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष विमल कुमार होडाले वडाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलहरूको अनुसन्धान गरी तिनको इतिहास भावी पुस्तासम्म पुर्‍याउन अभिलेखीकरण अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले संस्कृति, सम्पदा तथा स्थानीय पहिचान संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विद्वान, अनुसन्धानकर्ता तथा संस्कृति संरक्षणकर्मीहरूको सहभागिता रहेको थियो । टिसिपिसी नेपालले लामो समयको अध्ययन तथा अनुसन्धानपछि तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको जनाएको छ ।

कार्यक्रममा चाबहिल क्षेत्रको पुरातात्त्विक महत्व, सामाजिक–सांस्कृतिक परिवर्तन, शहरी पूर्वाधार विकास तथा सम्पदा संरक्षणका विषयमा छलफल गरिएको थियो । साथै स्थानीय संस्कृति र सम्पदाको संरक्षण गर्दै आधुनिक विकासलाई सन्तुलित ढंगले अघि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रकाशित मिति : २०८३, १४ जेष्ठ बिहिबार ००:००  ११ : ४१ बजे