२०८३, २२ बैशाख मंगलबार | Tue May 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

का.म.पा ७ मा अन्तरविद्यालय फुटबल महोत्सव भव्य रूपमा सम्पन्न



काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा चावहिलस्थित चन्द्रविनायक पार्क मैदानमा सम्पन्न अन्तरविद्यालय फुटबल महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्दै प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा मनास्लु वल्ड स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी, बाल व्यवसायी केन्द्र मावि उपविजेता बन्दै ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्था आबद्ध व्यक्तिहरू, विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

खेलाडीहरूलाई बधाई दिँदै वडा नं. ७ का अध्यक्ष विमल कुमार होडाले खेलकुद क्षेत्रलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले युवाहरूमा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।https://www.facebook.com/share/v/1DRdP8GmNe

चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिता सेभेन–ए–साइड स्वरूपमा नकआउट प्रणाली अनुसार खेलाइएको थियो।

उक्त प्रतियोगितामा १६ भन्दा बढी विद्यालयका टिमहरूको सहभागिता रहेको थियो। विजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने चार विधाका खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत छ।

यसअघि सम्पन्न संस्करणमा पनि मनास्लु टोलीले उपाधि जितेको थियो।

प्रकाशित मिति : २०८३, २२ बैशाख मंगलबार ००:००  ६ : ३६ बजे