२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपीडितलाई इन्द्रावती गाउँपालिकाको १० लाख सहयोग



सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। साथै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीहरूले एक दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

विज्ञप्तिमा विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको जीवन रक्षा, उद्धार, राहत तथा पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राख्न सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, सामाजिक अभियन्ता, निजी क्षेत्र तथा आम नागरिकलाई एकजुट भएर सहयोग गर्न हार्दिक अपिल गरिएको छ।

गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट रु. १० लाख उपलब्ध गराउने र गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीहरूको एक दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णयसमेत सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८३, १२ भदौ शुक्रबार ००:००  १० : ५५ बजे