२०८३, ९ मंसिर मंगलबार | Tue Nov 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीआर स्टुडियोले ल्यायो नेपालमै पहिलोपटक २४ सै घण्टा पोडकास्ट रेकर्डिङ सेवा सञ्चालन



पोडकास्ट तथा भिडियो सामग्री उत्पादन गर्न चाहने व्यक्ति, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थालाई लक्षित गर्दै पीआर स्टुडियो चाबहिलले नेपालमै पहिलोपटक २४ सै घण्टा पोडकास्ट रेकर्डिङ सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाअन्तर्गत अब सेवाग्राहीले आफ्नो अनुकूल समयअनुसार बिहान, दिउँसो, साँझ वा रातिको जुनसुकै समयमा पनि पोडकास्ट रेकर्डिङ गर्न सक्नेछन्। व्यस्त कार्यतालिका भएका व्यवसायी, उद्यमी, कलाकार, सञ्चारकर्मी तथा सामग्री निर्मातालाई लक्षित गरी यो सुविधा ल्याइएको स्टुडियोले जनाएको छ।

आधुनिक प्रविधि र व्यावसायिक उत्पादन प्रणालीसहित सञ्चालनमा रहेको पीआर स्टुडियो चाबहिलमा 4K अल्ट्रा एचडी भिडियो रेकर्डिङ, आवश्यकता अनुसार बहु-क्यामेरा सेटअप, अत्याधुनिक क्यामेरा, लाइट तथा साउन्ड सिस्टम र अनुभवी प्रोडक्सन टिमको सुविधा उपलब्ध छ।

त्यसैगरी, पोडकास्ट, अन्तर्वार्ता तथा विभिन्न प्रकारका भिडियो रेकर्डिङ, व्यावसायिक भिडियो सम्पादन, रील्स निर्माण तथा सामाजिक सञ्जाल व्यवस्थापनलगायतका सेवा पनि स्टुडियोले प्रदान गर्दै आएको छ। उत्पादनदेखि डिजिटल बजार प्रवर्द्धनसम्म आवश्यक सहयोग एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्य स्टुडियोको रहेको छ।

विशेषगरी समय अभावका कारण नियमित कार्यसमयमा पोडकास्ट रेकर्डिङ गर्न नसक्ने व्यक्ति तथा संस्थाका लागि २४ घण्टे सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।

पीआर स्टुडियो चाबहिलले गुणस्तरीय उत्पादन, छिटो सेवा प्रवाह र किफायती शुल्कलाई प्राथमिकता दिँदै पोडकास्ट तथा भिडियो उत्पादन क्षेत्रलाई थप सहज र व्यावसायिक बनाउने लक्ष्य राखेको जनाएको छ।

पोडकास्ट रेकर्डिङ तथा अन्य सेवाका लागि ०१-४५९३३१३ र ९८५१४३५५८८ मा सम्पर्क गर्न सकिनेछ। थप जानकारीका लागि www.publicrelationnepal.com मार्फत पनि बुझ्न सकिनेछ।

प्रकाशित मिति : २०८३, ९ मंसिर मंगलबार ००:००  ८ : ५८ बजे