२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने



स्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । यसका लागि रास्वपाको आकस्मिक बैठक बस्दैछ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ’ सभापति रवि लामिछानेले जानकारी दिए ।

संसद्मा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । साथै, रास्वपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामुहिक रुपमा सरकारलाई, आपत्तमा सरकारलाई कसरी सघाउन सक्छ भनेर निर्णय नै गर्ने पनि उनले बताएका छन् ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ । बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

यो घटनाबारे संसद्मा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । 

प्रकाशित मिति : २०८३, १० भदौ बुधबार ००:००  ४ : ०२ बजे