धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिकाले कृषिको व्यवसायिकरणमा जोड दिएको छ । दिर्घकालिन रुपमा गाउँपालिकाको समृद्धिको पहिलो आधार कृषि क्षेत्रलाई मानेको लक्ष्मीनियाले कृषिमा आधुनिकता भित्राएर किसानको जिवनस्तर उकास्ने लक्ष्य लिएको हो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ । कृषि आधुनिकिकरणका लागि उन्नत जातका मल बीउमा ५० प्रतिशत अनुदान…