२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठबीसका मेयर तर्कबहादुरको तर्क ‘नगरपालिका नै माग्ने भए’

सिमित स्रोतले असिमित आवश्यकता पुरा गर्नुपर्ने बाध्यता



काठमाडौं । दैलेखको आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले राज्यले प्राथमिकता निर्धारण गरेर स्थानीयतहलाई अनुदान दिनुपर्ने बताएका छन् । आन्तरिक स्रोत नभएका स्थानीयतहलाई सिमित स्रोतले नागरिकका असिमित माग पुरा गर्न समस्या भएको भन्दै मेयर बडुवालले आवश्यकताका आधारमा प्राथमिकिकरण गरेर बजेट दिन माग गरेका हुन् ।

केन्द्र सरकारको स्थानीय तहलाई हेर्ने दृष्टिकोणमा व्यापक सुधार गर्नुपर्ने बताउँदै उनले बजेट दिँदा दुर्गम र आन्तरिक स्रोत नभएकालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘नगरपालिकाहरु नै माग्ने भए, जनताको माग माग्ने नगरपालिकाबाट सबै एकैपटक पुरा गर्छौ भन्ने अवस्था रहेन । त्यसैले सरकारले बजेट दिँदा आन्तरिक स्रोन नभएकालाई बढी दिनुपर्छ ।’ मेयर बडुवालले अनलाइन सरोकारसँग भने, ‘उपलब्ध स्रोत साधनबाट जति काम गरेपनि त्यो नागरिकका दृष्टिकोणबाट हेर्दा पर्याप्त हुँदैन तर हामी अधिकतम् नतिजा देखिनेगरि काम गर्ने प्रयत्न गरिरहेका छौं ।’ आन्तरिक स्रोत वृद्धिका लागि समेत नगरपालिकाले काम गरिरहेको उनको भनाई छ ।

बाँझो जमिनमा आधुनिक खेती गर्ने योजना

दैलेखको आठबीस नगरपालिका क्षेत्रभित्रको बाँझो जमिनमा व्यवसायिक खेती गर्ने नीति अघि सारिएको छ । कृषि मार्फत नगरको समृद्धिको योजना अनुरुप किसानलाई आत्मनिर्भर र व्यवसायिक बनाउन नगरपालिकाले बाँझो जमिनको उपयोग गरेर आधुनिक खेतीको कार्यक्रम ल्याएको हो ।

स्थानीय सरकारको तर्फबाट मल, बीउ, आर्थिक तथा प्राविधिक सहयोग र विभिन्न अनुदानका कार्यक्रम ल्याएर नगरक्षेत्रका किसानलाई पराम्परागत खेतीबाट व्यवसायिक बनाइने नगरप्रमुख बडुवालको भनाई छ । विदेशमा रहेका युवालाई समेत गाउँमै फर्काएर कृषि मार्फत आत्मनिर्भर बनाइने नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारको २०७३ फागुन २६ गते साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट, सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी आठबीस नगरपालिका घोषणा गरेको थियो । कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।

भौगोलिक हिसाबले विकट र विकासको हिसाबले विकासोन्मुख अवस्थामा रहेको यो नगरपालिकाको आन्तरिक स्रोत निकै कम छ ।

यस क्षेत्रमा उद्योग व्यापार पर्यटन, कृषि ,पशुपालनको उच्च सम्भावना छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका साथै केही भु–भाग भिरालो जमिनले बनेको हुदाँ यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिका अतिरिक्त ज्याला मजदुरीमा काम गर्नका लागि भारत लगायत अन्य देशहरुमा जाने गरेका छन् ।

मेयर तर्कबहादुर बडुवालसँग अनलाइन सरोकारले गरेको अन्तरवार्ता यहाँ क्लिक गरेर हेर्नुहोस् । 

प्रकाशित मिति : २०७९, १३ चैत्र सोमबार ००:००  १ : ०९ बजे