२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बौद्ध व्यापार संघको अध्यक्षमा केदार कटवाल निर्विरोध निर्वाचित



बौद्ध व्यापार संघको अध्यक्षमा केदार कटवाल निर्वाचित भएका छन् । संघको आठौँ वार्षिक साधारण सभाबाट व्यवसायी कट्वाल बौद्ध व्यापार संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

दुई दशक देखि राजधानीको मुख्य व्यापारीक केन्द्रमा पर्ने बौद्धमा व्यवसाय गर्दै आएका सफल व्यवसायी कट्वाल नेतृत्वमा पुगेका हुन् । व्यापारको अलावा व्यवसायीहरुको एकता र हकहितमा काम गर्दै आएका  कट्वाल युवा र व्यवसायी बिच लोकप्रिय छन् ।

ओखलढुंगा स्थायी घर भएका उनि बौद्ध क्षेत्रका सामाजिक अभियानका अगुवा पनि हुन् ।

संघको उपाध्यक्षमा पबित्र तिमिल्सिना, मनित साह, सचिवमा लक्ष्मण हुमागाई, सहसचिव वेदप्रसाद अधिकारी, कोषाध्यक्ष  दिपक गौतम र राजकुमार खतिवडा, यसा घले, राजकुमार कार्की, सादुराम धिमाल, सुमन खड्का, निरकुमार खत्री, सुजन तिवारी र कुमार चौलागाईसहित १५ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

‘व्यापारी व्यापारी बिचको एकता, राष्ट्र निमार्णमा हाम्रो सहभागिता’ भन्ने मुल नारा तय गरी व्यवसायिक एकता र समाज रुपान्तरणमा सहभागिता जनाउने लक्ष्य राखेर २०६५ सालमा स्थापना भएको संघले संस्थाको उद्देश्य अनुसारका गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, २२ माघ मंगलबार ००:००  १० : १८ बजे