काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ४ गते (मङ्गलबार) राति १२ बजेभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो । प्रमाणीकरणको म्याद सकिएपछि उक्त विधेयक स्वतः निष्क्रिय बनेको छ । राष्ट्रपतिले पहिलोपटक फिर्ता पठाएपछि संसदले दोस्रोपटक पठाएको विधेयक प्रमाणीकरण…