गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड मैत्री महोत्सव’ तथा ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा नगर प्रमुख रिसाललाई ‘शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट एसिया नेपाल नगर प्रमुख पुरस्कार’ प्रदान गरिएको हो। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह…