२०८३, २८ श्रावण बिहिबार | Thu Aug 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले भने– शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ



नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अहिले फेरि सर्वपक्षीय एकता आवश्यक भएको बताएका छन् ।

उनी हङकङबाट फर्किएलगत्तै जारी गरेको विज्ञप्तिमा भनेका छन्–म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु । २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरु एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुद गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ ।”

प्रकाशित मिति : २०८३, २८ श्रावण बिहिबार ००:००  २ : ४२ बजे