२०८३, २६ श्रावण मंगलबार | Tue Aug 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु



कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् । केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ ।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्प करिब १०३ किलोमिटर गहिराइमा गएको बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ३ माइल पूर्वतर्फ र राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको थियो ।

प्रकाशित मिति : २०८३, २६ श्रावण मंगलबार ००:००  ९ : १९ बजे