शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो । अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय…