स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ । स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’ परीक्षणबाट १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिनुभयो । परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी आवश्यक परामर्श दिने काम…