२०८३, १ असार सोमबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलम्बुमा स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा



जिल्लाकाे हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा चार दिनसम्म चलेकाे बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ।

हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय, ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको सहयोगमा स्वास्थ्य शिविर भएको हाे। जसमा ९३७ जनाले सेवा लिएका छन् ।
हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय,फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रद्वारा संचालित सिन्धु स्वास्थ्य परियोजनाले ४ जना विशेषज्ञ डाक्टर उपलब्ध गराइ सहयोग गरेको थियो ।

शिविरमा दन्त सेवा लिने ३८५ जना, स्त्री रोगकाे सेवा लिने १७४ जना, छाला रोगकाे सेवा लिने ६२ जना र सामान्य जाँच सेवा ३१६ जनाले लिएका छन् । यसलाई मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्जले समन्वय गरेका थिए।

शिविरको गत साेमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उद्घाटन गर्नुभएकाे थियाे । साे अवसरमा उहाँले गाउँगाउँमा स्वास्थ्य सुविधा प्रदान गर्न पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

शिविरमा दाँत, बाल रोग, स्त्री रोग, छालासम्बन्धी र जनरल सबै रोगको परिक्षण तथा उपचार, निःशुल्क औषधि वितरण तथा परामर्श दिइएकाे छ । शिविरमा ताईवानका वरिष्ठ डाक्टर तथा नेपाली डाक्टरहरुले बिरामीको परिक्षण गरेका थिए ।

पहिलो दिन १२५ जना भन्दा बढी बिरामीले सेवा लिएका थिए । चार दिने शिविर समापनका अवसरमा पालिकाका प्रमुख प्रसासकीय अधिकृत बेनीबहादुर मोक्तानले यस्ता कार्यक्रम फेरि फेरि पनि संचालन गर्न सके समुदायमा निकै फाइदा पुग्नेमा जोड दिनु भयो । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णमा हेलम्बु गाउँपालिका तथा स्वास्थ्य शाखाको तर्फबाट शाखा प्रमुख मुकेश भट्टराईले धन्यवाद व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार ००:००  ११ : १३ बजे