२०८३, १४ श्रावण बिहिबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘योगदान राष्ट्रको लागि’ संस्थाको पाँचौँ वार्षिक साधारण सभा कार्तिक २९ गते हुँदै



‘प्राथमिक उपचार हाम्रो सरोकार’ नाराका साथ स्थापित योगदान राष्ट्रको लागि संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी कार्तिक २९ गते शनिबार काठमाडौँमा आयोजना गर्ने भएको छ।

संस्थाले जारी गरेको पत्र अनुसार कार्यक्रम ए वान पार्टी प्यालेस, सरस्वतिनगर, चाबहिलमा दिउँसो २ बजे हुने बताइएको छ।
संस्थाका अध्यक्ष ओम उप्रेतीले नेतृत्व गरेको संस्थाले विगत लामो समय देखी नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम, विपद् व्यवस्थापन, दुर्घटना तथा आपतकालीन अवस्थामा जनशक्तिको विकासमा संस्था निरन्तर सक्रिय रहँदै आएको छ। स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वबोधका साथ विभिन्न जनकल्याणकारी काम गर्दै आएको संस्थाले यस वर्ष पनि आफ्नो वार्षिक साधारण सभा सामाजिक प्रयोजनका साथ सम्पन्न गर्न लागेको हो।


संस्थाले उक्त अवसरमा सबै सरोकारवालालाई उपस्थित रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार ००:००  ३ : ३७ बजे