२०८२, २५ मंसिर बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलम्बुमा निःशुल्क स्वास्थ्य सेवा केन्द्रको अमेरिकी राजदूतद्धारा शिलान्यास



हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त पहल तथा छिरिङ्स फण्ड अमेरिकाको आर्थिक सहयोगमा हेलम्बु–६, इचोकमा निर्माण हुन लागेको ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को भव्य सिलान्यास सम्पन्न भएको छ।

कार्यक्रममा नेपालका लागि अमेरिकाका राजदूत महामहिम Dean R. Thompson, गुरु मिङ्ग्यूर रिन्पोछे, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, छिरिङ्स फण्डका संस्थापक डा. पिटर स्केमाइडिङ, संस्थाका अध्यक्ष छिरिङ लामा, हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतम, सचिव सुरेश तामाङ, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। राजदूत Thompson ले ग्रामीण भेगमा यस्तो आधुनिक स्वास्थ्य पूर्वाधार निर्माण हुनु स्थानीय समुदायलाई निकै ठूलो फाइदा पुग्ने ऐतिहासिक कदम भएको बताए।

समारोहमा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको स्वास्थ्य क्षेत्रमा रूपान्तरण ल्याउने लक्ष्यसहित दन्त तथा आँखाका सबै सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने जानकारी दिए। उनले भने—“स्वास्थ्य अब हेलम्बुवासीका लागि सुविधा होइन, अधिकार हो। अब दन्त, आँखा जस्ता अत्यावश्यक सेवा निःशुल्क पाउनुका साथै क्यान्सर उपचारसहितका उन्नत विशेषज्ञ सेवा विस्तार गर्दै हामी हेलम्बुलाई क्षेत्रीय स्वास्थ्य गन्तव्य बनाउनेछौँ।

केवल हेलम्बु मात्र होइन, आसपासका अन्य पालिकाबाट आउने नागरिकले पनि समान रूपमा सेवा पाउनेछन्।” उनका अनुसार, यो परियोजनाले हेलम्बुमा दीर्घकालीन सामाजिक–आर्थिक परिवर्तन पनि ल्याउनेछ। हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतमले यो केन्द्रलाई हेलम्बुको स्वास्थ्य सुरक्षाको मेरुदण्डका रूपमा वर्णन गर्दै भने— “अब हेलम्बुवासीले उपचारका लागि राजधानी वा अन्य शहर धाउनुपर्ने छैन। आधुनिक उपकरण, दक्ष जनशक्ति र दिगो योजना सहितको सेवा अब यही हेलम्बुमा उपलब्ध हुनेछ। यसले केवल हेलम्बु मात्र नभई मेलम्ची, पाँचपोखरी, इन्द्रावती र आसपासका क्षेत्रका नागरिकलाई पनि ठूलो राहत दिनेछ।” सचिव सुरेश तामाङले परियोजनाले समान पहुँच, मर्यादित सेवा र स्वास्थ्यमा दिगोपनाको नयाँ मानक स्थापित गर्ने बताउँदै सबै समुदायलाई समान रूपमा सेवा उपलब्ध गराइने सुनिश्चितता व्यक्त गरे।

584577004_122150631656804864_2344196256766503262_n.jpg

प्रकाशित मिति : २०८२, ४ मंसिर बुधबार ००:००  १२ : ५५ बजे