मकवानपुरको बकैया गाउँपालिकाले बारीमा घाँस रोप्ने किसानलाई चामल किन्न अनुदान रकम दिनेभएको छ । व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न घाँस खेति बढाउने लक्ष्यसहित गाउँपालिकाले घाँस रोप्ने किसानलाई चामल किन्ने पैसा दिने नौलो नीति अघि सारेको हो । कृषि र पशुपालन मार्फत किसानको आयस्रोत बढाएर पालिकालाई समृद्ध बनाउन लागि परेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । घाँसखेति…