२०८१, ८ माघ मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान



सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ ९एएनपिआर० जडान गरेको हो ।

यहाँ हुने सवारी दुर्घटना र अन्य अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न एएनपिआर जडान गरिएको नगरपालिकाले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमासमेत सहयोग पुग्ने बताउनुभयो । उहाँले देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहिया वाईपासमा एनएनपिआर जडान गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले अँध्यारोमासमेत सवारीको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क जस्ता पहिरन लगाउँदा पनि पहिचान गर्न सकिने बताउनुभयो । उहाँका अनुसार यसबाहेक नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ ।

प्रकाशित मिति : २०८१, ११ पुस बिहीबार ००:००  ६ : ३० बजे