ओखलढुंगा । ओखलढुंगामा गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तरगत जिल्लामा पहिलो पटक गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका चार हल अर्थात ८ वटा गोरुहरुबीच प्रतिस्पर्धा गराईएको थियो । जसमध्ये चम्पादेवि गाउँपालिका–८ का बलबहादुर राईको गोरु प्रथम भएको छ । यस्तै वडा नम्बर–९…