पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आजको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रममा वक्तहरूले पत्रकारितालाई मर्यादित बनाउँदै लेख्ने बानीको विकास बढाउन आवश्यक रहेको बताएका हुन् । कार्यक्रमका जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई सामूहिक रूपमा निरूपण गर्न आवश्यक रहेको बताउनुभयो…