जापानको फुकुओकास्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परेकी छन् अगस्ट १९ मा नदीमा तैरिरहेको अवस्थामा उनको शव भेटिएपछि जापानी प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको छ । सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी लक्ष्मी त्यहाँको एक भाषा विद्यालयमा अध्ययनरत थिइन् । उनी स्थानीय एक रेस्टुरेन्टमा आंशिक समय…