२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौतम बुद्धको आमाको नाम भएको मायादेवी गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाइँदै



रुपन्देहीको मायादेवी गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको मायादेवीलाई पर्यटकीय गन्तव्य बनाइने भएको हो ।

समथर खेती योग्य भू–बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका भित्र पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाइने गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले बताए ।

रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित मायादेवी गाउँपालिकामा उत्तरबाट बग्ने तिनाउ र दानव नदीसँगै पर्यटकीय एवम् धार्मिकस्थल प्रकटेश्वर मन्दिर र मायादेवी पार्क लगायतका प्राकृतिक, भौगोलिक तथा साँस्कृतिक मनोरमता रम्न र घुम्न पाइन्छ । लुम्बीनी आउने पर्यटकलाई मात्रै मायाँदेवी सम्म तान्न सक्ने हो भने योगाउँपालिकाको समृद्धिको आधार पर्यटननै हुने निश्चित छ ।

प्रकाशित मिति : २०८०, २२ श्रावण सोमबार ००:००  २ : ५६ बजे