२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवा बाढी : धादिङमा भेटियो ६ जनाको शव



रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो।

धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रकाशित मिति : २०८३, १० भदौ बुधबार ००:००  ४ : ३७ बजे