२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्तरीय भलिबल प्रतियोगिता शुरु



जनकपुर।धनुषा जिल्लामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा तथा झण्डा मेला आयोजकको आयोजनामा शुरु भएको प्रदेश नंं २ स्तरीय प्रतियोगिताको उद्घाटन प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्टको लागि खेलकुद’को नारासहित शुरु भएको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख, दोस्रो हुने टिमलाई ५० हजार तथा तेस्रो हुने टिमलाई २५ हजार नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार ००:००  १२ : १० बजे