२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कार आरोपमा मुस्लिम धर्मगुरु पक्राउ



सिराहा । झारफुकको नाममा बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाको लहानबाट एक मुस्लिम धर्मगुरु लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको प्रहरीले जनाएको छ। उनी लहानमा डेरा गरी बस्दै आएका थिए।

उनीमाथि जर्वजस्ती करणी मुद्दामा अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीले जानकारी दिए।

लहान नगरपालिका ७ की एक २३ वर्षीया मुस्लिम युवती मंगलबार समान्य विरामी परि धर्मगुरुसँग झारफुक गराउन लहान नगरपालिका( १० स्थित गुरुको डेरामा दिउँसो ३ बजेतिर पुगिन्। उनीसँग दुईजना बहिनी भाई र आफन्त पनि गएका थिए। धर्मगुरु(मौलवी)ले बहिनी भाईलाई बाहिर बस्न लगाए। युवतीलाई घरभित्र लगेर आरेप परिवारले लगाएका छन्

धर्मगुरुले उनलाई ‘तिमीसँग शैतान(भुत) पठाउँदैछु। कसैलाई घटनाबारे सुनाए शैतानले मारिदिने भन्दै धम्काए’ रक्तश्राव नरोकिदा र पीडा सहन नसकेर उनले साँझ ६ बजेतिर घरमा भएका आफन्तलाई सुनाएपछि पिडितका आफन्तले दिएको उजुरिका आधारमा ३५ वर्षीय मोहम्मद अली हसनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य जाँच गराइएको छ। युवती अहिलेपनि अस्पतालमै उपचारमा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपित मौलवी हसन मुस्लिम समुदायमा बिरामी परेकाहरुलाई उनी झारफुक पनि गरिरहेको थिए। झारफुकको नाममा अन्य व्यक्तिहरुलाई शोषण गरेको आशंका गरिएको छ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार ००:००  १२ : ५४ बजे