२०८१, २६ बैशाख बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेताहरू आश्वासनका पोका बाँड्न घरदैलोको लाईनमा, जनताहरु विहानै देखि मलको लाइनमा



काठमाडौँ ( प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिइरहेको छ। असारे रोपाइँमा हतारिएका किसानजस्तै नेताहरू पनि आफ्नो खेती सपार्न प्रचार(प्रसार गर्न कुदिरहेका छन्।

मंसिर ४ गते निर्वाचनको मिति तय भइसकेको छ। जसका लागि निर्वाचन आयोगले बिहीबारबाट राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचार(प्रसार तथा आमसभा गर्न पाउने बाटो खुलाएको छ। यससँगै नेताहरू चुनावी खेती गर्न होमिएका छन्, प्रचार(प्रसारका कार्यताई तीव्रता दिइरहेका छन्।

नेताहरूले अनेकन आश्वासनका पोका बाँडेर चुनावी मैदानमा होमिँदै गर्दा वर्षभरि दुःख गरी मानो लगाएर मुरी फलाउने किसानका समस्या भने जस्ताको तस्तै छन्।

अनेकन प्राकृतिक तथा दैविक प्रकोप त छ नै, त्यसबाहेक पनि किसानका समस्यालाई राज्य र सम्बन्धित निकायले पहल नगरिदिँदा कृषि(प्रधान देश भनेर चिनिने नेपालमा कृषिमा आत्मनिर्भरता छैन।

दलहरू चुनावी प्रचार(प्रसारमा व्यस्त रहँदा यतिबेला कागेश्वरी मनोहरा वडा( २ का किसान भने मल नपाएर चिन्तित छन्। बिहान पाँच बजेदेखि लाइनमा बसेर ८ बजे बल्ल मल पाएको स्थानीय किसान कृष्ण पुडासैनीको गुनासो छ। यो चिसोको समयमा तीन घण्टा लाइनमा बसेर पनि चाहिएको जति मल नपाएको उनी गुनासो गर्छन्।

उनी भन्छन्, ‘यो चिसोमा बिहान ५ बजेबाट लाइनमा बसेँ, आठ बजे दश किलो मल पाएँ। नौ रोपनी जग्गा छ, कतिमा राख्ने होलारु’

निर्वाचनका बेला राजनीतिक दलका घोषणापत्रमा किसानका समस्या जोडिए पनि कार्यान्वयन नहुने विषय जोड्दै उनी भन्छन्, ‘आश्वासन सधैँ आउँछन्, तर कार्यान्वयन कहिल्यै हुँदैन। उम्मेदवार चुन्दा हामी पनि सजग हुन सकेनौँ। यसपाली हामीले सोंचेरै मतदान गर्नुपर्छ।’

यता, अर्का किसान बद्री पुडासैनीको गुनासो पनि उस्तै छ। बिहानैदेखि लाइनमा बसेका उनले दश किलो युरिया र चार किलो कम्पोष्ट मल लिएर फर्किए। मल पर्याप्त मात्रामा पाउन नसक्दा आफूहरूलाई खेतीबाली गर्न समस्या भएको उनको गुनासो छ।

रासायनिक मल लिनका लागि त्यस क्षेत्रमा करिब २ सय जना कृषक लाइनमा बसे। बिहान ५ बजेदेखि लाइनमा बसेका अधिकांशले दश किलोका दरले मल पाए। तर, पछि गएकाहरूले मल अभावका कारण पाँच किलो मात्र मल पाएको गुनासो गर्छन्। जमिन धेरै छ तर त्यसको लागि आवश्यक मल नहुँदा समयमा खेती गर्न पाउने अवस्था नरहेको लाइनमा रहेका अधिकांश कृषकको गुनासो छ।

बर्खे बाली लगाउँदा पनि मलको यस्तै हाहाकार थियो। लाइनमा बसेर मल लिन जाँदा मल सकिएर घण्टौँ लाइन बसेका किसान पनि रित्तो हात घर फर्किएका थिए। ठाउँ(ठाउँमा मल नपाएर किसानले ढुवानीका लागि हिँडेका ट्रकबाटै मल खोसेका समाचारहरू पनि मिडियामा छाइरहेका थिए। यसपालीको हालत पनि उस्तै छ।

प्रमुख राजनीतिक दलस् नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समावजादी सबैले आफ्नो चुनावी घोषणापत्रमा समेटेका छन्। तर यसलाई जितेपछि कत्तिको कार्यान्वयनमा ल्याउँछन् या अहिलेजस्तै समस्या रहला यो त समयले नै बताउला।

प्रकाशित मिति : २०७९, १७ कार्तिक बिहीबार ००:००  २ : २४ बजे